विश्वकपमा भारतसँग टस जितेर फिल्डिङ गर्दै श्रीलंका

हिमाल प्रेस १६ कार्तिक २०८० १४:५३
10
SHARES
विश्वकपमा भारतसँग टस जितेर फिल्डिङ गर्दै श्रीलंका

काठमाडौँ- आईसीसी विश्वकप २०२३मा भारत र श्रीलंकाबीच खेल भइरहेको छ। मुम्बईको वानखडे स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।

जारी प्रतियोगितामा श्रीलंका ६ खेलमा २ जित्दै ४ अंकसहित ७औँ स्थानमा छ। भारत ६ खेलमा ६ जितसहित दोस्रो स्थानमा छ।

टस हारेर ब्याटिङ गरिरहेको भारतले ५.३ ओभरमा १ विकेट गुमाउँदै २९ रन बनाएको छ। भारतका लागि विराट कोहली १४ र शुभमन गिल ९ रन बनाएर खेलिरहेका छन्।

ओपनर ब्याटसमेन समेत रहेका कप्तान रोहित शर्मा पहिलो ओभरमै ४ रन बनाएर आउट भएका छन्।

प्रकाशित: १६ कार्तिक २०८० १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =