बंगलादेशसँग अस्ट्रेलिया ८ विकेटले विजयी

हिमाल प्रेस २५ कार्तिक २०८० १९:२८
14
SHARES
बंगलादेशसँग अस्ट्रेलिया ८ विकेटले विजयी

काठमाडौँ- विश्वकप क्रिकेटमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको छ। पुनेमा भएको खेलमा बंगलादेशले दिएको ३०७ रनको लक्ष्य अस्ट्रेलियाले ४४.४ ओभरमा २ विकेट गुमाएर जितेको हो।

अस्ट्रेलियाका लागि मिचेल मार्सले १३२ बलमा नटआउट १७७ रन बनाए। उनले १७ चौका र ९ छक्काको मद्दतमा उक्त योगादन गरे। त्यस्तै स्टेभेन स्मिथले ६४ बलमा नटआउट ६३ रनको योगदान दिए।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले ५३ तथा ट्रविस हेडले १० रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०६ रन बनाएको थियो। विश्वकपकै अर्को खेलमा पाकिस्तान र इंग्ल्याण्ड भिडिरहेका छन्।

इंग्ल्याण्डले पाकिस्तानलाई ३३८ रनको लक्ष्य दिएको छ। यसअघि भारत, साउथ अफ्रिका, अस्ट्रेलिया सेमिफाइनल पुगिसकेका छन्। पाकिस्तानले सेमिफाइन पुग्न इंग्ल्याण्डसँग विशालअन्तरले जित्नपुर्ने छ।

तर इंग्ल्याण्डले पहिले ब्याटिङ गरेर विशाल लक्ष्य दिइसकेकाले रनरेटका आधारमा सेमिफाइनलमा भारतसँग न्युजिल्याण्ड भिड्ने करिब करिब पक्का भइसकेको छ।

प्रकाशित: २५ कार्तिक २०८० १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =