तीन भुटानी नागरिक पशुपतिनगरबाट पक्राउ

हिमाल प्रेस १६ कार्तिक २०८० ७:४९
26
SHARES
तीन भुटानी नागरिक पशुपतिनगरबाट पक्राउ

काठमाडौँ- नेपालमा प्रतिबन्धित विदेशी नोट र सामानसहित तीन भुटानी नागरिक नेपाल-भारत सीमा क्षेत्र पशुपतिनगरमा पक्राउ परेका छन्।

सशस्त्र प्रहरीको गस्ती टोलीले भारततिरबाट पैदल आउँदै गरेका उनीहरूलाई पशुपतिनगरको चारमाइल नजिकैबाट पक्रेको हो।

पक्राउ पर्नेमा भुटानको चिराङ जिल्लाका अन्दाजी ४४ वर्षे फौदसिंह राई, त्यही जिल्लाका अन्दाजी २० वर्षे विशाल राई र सर्वंग जिल्लाका अन्दाजी ४५ वर्षे धनकुमार राई रहेको स्रोतले जनाएको छ।

उनीहरूको साथबाट सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्धित सामान र विदेशी नोटसमेत बरामद गरेको छ। स्रोतका अनुसार उनीहरूबाट चार लाख २५ हजार रुपैयाँ बराबरको भारतीय नोट र अन्य सामान, तीन हजार सात सय ५६ का भुटानी नोट तथा दुई थान भुटानी राहदानी बरामद गरिएका छन्।

‘पक्राउ व्यक्तिको साथमा भुटानी राहदानी छ तर भारतीय नोट ठूलो मात्रामा छ,’ स्रोतले भन्यो, ‘यसअघि पनि उनीहरू केही पटक झापाको काँकडभिट्टा भएर नेपाल छिरेको देखिन्छ।’

पक्राउ व्यक्ति र सामान सशस्त्र प्रहरीले इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ।

प्रकाशित: १६ कार्तिक २०८० ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =