१० महिनामा भित्रिए आठ लाख विदेशी पर्यटक

हिमाल प्रेस १५ कार्तिक २०८० २०:५३
14
SHARES
१० महिनामा भित्रिए आठ लाख विदेशी पर्यटक तस्बिर स्रोतः प्रोट्रेकएड्भेन्चर

काठमाडौँ- सन् २०२३ को १० महिनामा ८ लाख ९ हजार ६७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।

अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर १ लाख १७ हजार ३०६ पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०२२ को सोही अवधिमा ८८ हजार ५८२ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०१९ मा १ लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए।

अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार चार सय ८०, अमेरिकाबाट १४ हजार आठ सय ७९, बेलायतबाट आठ हजार दुई सय १७, चीनबाट छ हजार आठ सय ८०, अष्ट्रेलियाबाट छ हजार ७५, जर्मनीबाट पाँच हजार नौ सय ११, फ्रान्सबाट पाँच जहार दुई सय ७१, बङ्गलादेशबाट चार हजार दुई सय ९२, श्रीलङ्काबाट दुई हजार पाँच सय ७ र इटालीबाट दुई हजार चार सय ६७ पर्यटक नेपाल आएका थिए।

प्रकाशित: १५ कार्तिक २०८० २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =