माल्दिभ्सले यसैवर्ष २० लाख पर्यटक भित्र्याउने

हिमाल प्रेस २२ माघ २०८० १५:३९
18
SHARES
माल्दिभ्सले यसैवर्ष २० लाख पर्यटक भित्र्याउने

कोलम्बो- माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले माल्दिभ्सको पर्यटन उद्योगको स्थापनापछि पहिलोपटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउन सक्ने बताएका छन्।

मुइज्जुले सोमबार १९औँ संसद्को अन्तिम अधिवेशनको उद्घाटन बैठकमा राष्ट्रपतिका रूपमा आफ्नो पहिलो सम्बोधनमा उक्त कुरा बताएका हुन्।

उनले वेलाना अन्तर्राष्ट्रिय विमानस्थल (भीआईए) को विस्तारले वर्षको मध्यसम्ममा औसतमा १०.३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि हुने बताए। मालदिभ्स सरकारले यसवर्ष २० वटा नयाँ रिसोर्ट खोल्न चाहेको र ती रिसोर्टले दुई हजार ८२७ बेड निर्माण गर्ने उनको भनाइ छ।

विभिन्न कारणले रोकिएका टापु, जग्गा प्लटिङ र तालको विकासका लागि अवरोधको पहिचान गरी सम्भावित समाधानको खोजी भइरहेको राष्ट्रपति मुइज्जुलले बताए। माल्दिभ्सको आधिकारिक तथ्यांकअनुसार सन् २०२३ मा माल्दिभ्समा १८ लाख भन्दा बढी विदेशी पर्यटक आएका छन्।

माल्दिभ्सको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार माल्दिभ्समा यस वर्षको जनवरीमा एक लाख ९२ हजारभन्दा बढी पर्यटक भित्रिएका छन् जुन गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो। रासस/सिन्ह्वा

प्रकाशित: २२ माघ २०८० १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nineteen =