एक वर्षमा अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक

हिमाल प्रेस १९ पुष २०८० १६:३४
एक वर्षमा अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक तस्बिर: रासस

काठमाडौँ– अन्नपूर्ण पदमार्गमा गत वर्ष सन् २०२३ मा २१ हजार २४७ जना विदेशी पर्यटक पुगेका छन्। यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार ९८१ पुरुष र ८ हजार २६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ।

सन् २०२३ मा १२२ देशका पर्यटक अन्नपूर्ण पदमार्गमा आएका छन्। सन् २०२२ मा १५ हजार ९०० विदेशी पर्यटक अन्नपूर्ण पदमार्ग आएका थिए। २०२० मा भने १ हजार ९७६ पर्यटक आएका थिए।

केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६४७ पर्यटक, सन् २०१८ मा २९ हजार ४८४ पर्यटक, सन् २०१७ मा २१ हजार ६८ पर्यटक पदमार्गमा आएका थिए। अन्नपूर्ण पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरि पाँच जिल्ला जोडिएको छ।

प्रकाशित: १९ पुष २०८० १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =