रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीमा

हिमाल प्रेस ११ मंसिर २०८० ९:१०
10
SHARES
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीमा

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ।

पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीनदिनसम्म बैठक बस्न लागेको जानकारी दिए ।

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहने बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने सचेतक परियारले बताए ।

प्रतिनिधिसभा सदस्य मनिष झाले मधेश प्रदेशमा संगठन निर्माणलगायत विषयमा केन्द्रित हुन रणनीतिकरूपमा बैठकले महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बताए।

रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मंसिर ८ गतेदेखि नै मधेश प्रदेशमा छन्। रासस

प्रकाशित: ११ मंसिर २०८० ९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =