छठको दिन कतिमा हुँदैछ सुन कारोबार?

हिमाल प्रेस ३ मंसिर २०८० १२:०६
16
SHARES
छठको दिन कतिमा हुँदैछ सुन कारोबार?

काठमाडौँ- छठ पर्वको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य १ लाख १५ हजार ५ सय रुपैयाँ प्रतितोला रहेको छ।

उक्त मल्य शुक्रबारकै मूल्य रहेको महासंघले जानकारी दिएको छ। तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य पनि आज स्थिर छ।

शुक्रबार १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रकाशित: ३ मंसिर २०८० १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =