नेपालमा जलवायु असर विकसित देशका कारण : संयुक्त राष्ट्रसंघ महासचिव

हिमाल प्रेस १४ कार्तिक २०८० १०:१७
8
SHARES
नेपालमा जलवायु असर विकसित देशका कारण : संयुक्त राष्ट्रसंघ महासचिव

पोखरा- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेका छन्। उनलाई त्यहाँ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी लगायतले भव्य स्वागत गरे।

नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यहाँ पुगेका उनलाई स्थानीयवासीले झाँकी र पञ्चेबाजासहित भव्य स्वागत गरे। गाउँपालिका अध्यक्ष केसीले महासचिव गुटेरेसलाई जलवायु परिवर्तनका कारण समग्र असरबारे जानकारी गराए।

यस्तै, अन्नपूर्ण गाउँपालिका वडा १ का अध्यक्ष हिमबहादुर गुरुङले सानो खर्कमा पशु चौपाया चराउन जाँदाको आफ्नो अनुभव सुनाए। सो अवसरमा महासचिव गुटेरेसले नेपाललका कारण नभई विकसित देशका कारण जलवायु परिवर्तनको असर परेको बताए।

उनले नेपालको हिमाली भागमा दिनप्रतिदिन हिउँ पग्लिरहेको लगायतका समस्या अन्तर्राष्ट्रिय फोरममा उठाउने पनि आश्वासन दिए।

अहिले तपाईंहरुले भोगेको समस्या नेपालको कारणले सिर्जना नभएको नभई विकसित देशका कारण भएको, महासचिव गुटेरेसको भनाइ उद्घृत गर्दै अन्नपूर्ण गाउँपालिका वडा १ का अध्यक्ष हिमबहादुर गुरुङले भने, ‘यसबारेको समस्या अन्तर्राष्ट्रिय फोरममा उठाउने छु।’

चार दिने नेपाल भ्रमणका क्रममा सोमबार पर्यटकीय नगरी पोखरा आएका उनी लुम्बिनी प्रस्थान गरेका छन्। उनी सोमबार दिउँसो सेनाको हेलिकोप्टरबाट पोखराको पुरानो विमानस्थल ओर्लिएका थिए।

गण्डकी प्रदेशको राजधानी पोखरामा उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले स्वागत गरेका थिए।

विमानस्थलमा स्वागतपछि उनी फिस्टेल लज गएर केहीबेर आराम गरी धार्मिक पर्यटकीय क्षेत्र पुम्दीकोटस्थित विशाल महादेव मूर्तिको अवलोकन गरे भने केही समय फेवातालमा बोटिङ पनि गरे।

विगतमा पनि पोखरा आएको स्मरण गर्दै उनले पोखरा निकै सुन्दर रहेको प्रतिक्रिया दिए । उनी गएराति फिस्टेल लज बसेका हुन् .।

प्रकाशित: १४ कार्तिक २०८० १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =