गुटेरेस आज न्युयोर्क फर्किँदै

हिमाल प्रेस १५ कार्तिक २०८० ८:२०
6
SHARES
गुटेरेस आज न्युयोर्क फर्किँदै

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन्।

नेपालको चारदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका महासचिव गुटेरेस आज (बुधबार) स्वदेश फर्कन लागेका हुन् ।

नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए। त्यसअघि उनले उच्चस्तरीय भेटवार्ताको रुपमा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायतसँग भेट गरेका थिए।

नेपाल बसाइका क्रममा महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधारसिविर तथा लुम्बिनीको पनि अवलोकन भ्रमण गरेका छन्।

प्रकाशित: १५ कार्तिक २०८० ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =