राष्ट्रसंघका महासचिव सुरक्षार्थ खटिएका प्रहरीको निधन

हिमाल प्रेस १५ कार्तिक २०८० १२:३८
36
SHARES
राष्ट्रसंघका महासचिव सुरक्षार्थ खटिएका  प्रहरीको निधन

पोखरा- संयुक्त राष्ट्रसंघका महासचिव अन्टोनियो गुटेरेसको भ्रमणको क्रममा अन्नपूर्ण बेस क्याम्पमा सुरक्षार्थ खटिएका एक प्रहरीको लेक लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्वत घर भई घान्द्रुक प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक टीकाराम ढुंगाना हुन्। उनी गत कात्तिक ११ गते सुरक्षार्थ अन्नपूर्ण बेस क्याम्प खटिएकोमा बुधबार (आज) बिहान पैदलमार्ग हुँदै पोखरा फर्किने क्रममा अनाचक श्वासप्रश्वासमा समस्या भएको थियो।

सोही दिन उनको उपचारार्थ एयर डाइनाष्टीको हेलिकोप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस मंगलबार अन्नपूर्ण बेस क्याम्प भ्रमणमा गएका थिए।

प्रकाशित: १५ कार्तिक २०८० १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =