सन्दीप लामिछानेको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’मा

हिमाल प्रेस २३ वैशाख २०८१ १३:१९
26
SHARES
सन्दीप लामिछानेको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’मा फाइल तस्बिर

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने भएको छ।

मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो।

यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो।

क्रिकेटर लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। फैसलापछि दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन्।

 

प्रकाशित: २३ वैशाख २०८१ १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =