जापानी विदेशमन्त्री काठमाडौँमा

हिमाल प्रेस २३ वैशाख २०८१ १२:५६
जापानी विदेशमन्त्री काठमाडौँमा

काठमाडौँ- जापानी विदेशमन्त्री योको कामिकावा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ उत्रिएकी छन्।

श्रीलंकाको दुईदिने भ्रमण सकेर उनी एकदिने नेपाल भ्रमणमा आएकी हुन्। उनलाई स्वागत गर्न परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले विमानस्थल पुगेकी थिइन्।

परराष्ट्र मन्त्रालयका अनुसार योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन्।

 

प्रकाशित: २३ वैशाख २०८१ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =