बुद्ध जन्मस्थलमा राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमणको तयारी

हिमाल प्रेस १० कार्तिक २०८० १८:५८
10
SHARES
बुद्ध जन्मस्थलमा राष्ट्रसंघका महासचिव गुटेरेसको भ्रमणको तयारी

लुम्बिनी- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएका छन्। नेपालको चारदिने भ्रमण लागि आइतबार काठमाडौँ आउन लागेका गुटेरेसले १४ गते बिहान लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम छ।

‘भ्रमणका लागि १४ गते बिहानकाे सम्भावित तालिका आएकाे छ। हामीले साेहीअनुसार तयारी गरेका छाैँ’, लुम्बिनी विकास काेषका सदस्यसचिव सानुराजा शाक्यले भने। उनका अनुसार महासचिवको भ्रमणका लागि आवश्यक सम्पूर्ण तयारी गरिएकाे छ।

महासचिव गुटेरेसकाे भ्रमण हुने भएपछि लुम्बिनी गुरुयाेजना क्षेत्रमा सरसफाइ गरिएकाे छ।

महासचिव गुटेरेसको भ्रमणको तयारी कोषले तीव्र बनाएको छ।गुटेरेसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ।

महासचिव गुटेरेस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री थिए। संयुक्त राष्ट्रसंघको महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो। उनी पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त भएका थिए।

यसअघि सन् २००८ संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुनले नेपाल भ्रमण गरेका थिए। त्यतिखेर पनि मुनले लुम्बिनी भ्रमण गरेका थिए। सन् १९७० र ८० को दशकमा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिवहरू क्रमशः डा. कुर्त वाल्डहाइम र ह्याभियर पेरेज द कोयारले पनि नेपाल भ्रमण गरेका थिए।

प्रकाशित: १० कार्तिक २०८० १८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =