राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने*

हिमाल प्रेस २ कार्तिक २०८० १७:१०
10
SHARES
राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने*

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले यस्तो जानकारी दिएकी हुन्।

उनका अनुसार महासचिव गुटेरेस कात्तिक १२ देखि १५ सम्मले नेपाल गर्नेछन्। मन्त्रिपरिषद् बैठकले उनको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको शर्माले बताइन्।

नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, नेपाली शान्ति सेनालगायतका विषयमा उच्चस्तरमा छलफल गर्ने बताइएको छ।

बैठकले तल्लो अरुण जलविद्युत् परियोजना ६६९ मेगावाटको आवश्यक १००.९७ हेक्टर निजी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ । परराष्ट्रमन्त्रीको कात्तिक ८ देखि १६ गतेसम्म अमेरिकाको भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।

*यसअघि तस्बिर भुलबस गल्ती प्रकाशित भएकाले सच्याइएको छ। सं.

प्रकाशित: २ कार्तिक २०८० १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =