विश्वकप क्रिकेटमा बंगलादेशसँग अफगानिस्तान ६ विकेटले पराजित

हिमाल प्रेस २० असोज २०८० १८:०१
10
SHARES
विश्वकप क्रिकेटमा बंगलादेशसँग अफगानिस्तान ६ विकेटले पराजित

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान बंगलादेशसँग ६ विकेटले पराजित भएको छ।

हिमाञ्चल प्रदेशमा रहेको धर्मशाला क्रिकेट मैदानमा भएको खेलमा १५७ रनको लक्ष्य बंगलादेशले ४ विकेट गुमाएर जितेको हो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३७.२ ओभरमा अलआउट हुँदै १५६ रन बनाएको थियो।

बंगलादेशले ३४.४ ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाउँदै जित हासिल गरेको हो। बंगलादेशका लागि मेहदी हसनले ५७ तथा नजमुल हुसेनले ५९ रन बनाए।

विश्वकप क्रिकेट : बंगलादेशलाई अफगानिस्तानले दियो १५७ रनको सामान्य लक्ष्य

प्रकाशित: २० असोज २०८० १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =