विश्वकप क्रिकेट : बंगलादेशलाई अफगानिस्तानले दियो १५७ रनको सामान्य लक्ष्य

हिमाल प्रेस २० असोज २०८० १४:५५
6
SHARES
विश्वकप क्रिकेट : बंगलादेशलाई अफगानिस्तानले दियो १५७ रनको सामान्य लक्ष्य

काठमाडौँ- भारतमा भइरहेको आइसीसी विश्वकप क्रिकेटअन्तर्गत शनिबार बिहानदेखि भइरहेको खेलमा अफगानिस्तानले बंगलादेशलाई जितका लागि १५७ रनको सामान्य लक्ष्य दिएको छ।

भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशाला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३७.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको हो।

अफगानिस्तानका लागि रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए। यस्तै इब्राहिम जरदानले २२, अजमातुल्लाह ओमाराजीले २२, रहमत शाहले १८ तथा कप्तान हसमतुल्लाह शाहिदीले १८ रनको योगदान दिए।

बलिङतर्फ बंगलादेशका शकिब उल हसन र मेहदी हसनले समान ३-३ विकेट लिए। यसअघि शुक्रबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो। प्रतियोगिताअन्तर्गत अर्को खेल शनिबार दिउँसो सवा २ बजेदेखि श्रीलंका र दक्षिण अफ्रिकाबीच हुने तालिका छ।

प्रकाशित: २० असोज २०८० १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =