धार्मिक आस्थाको सम्मान गरी राष्ट्रिय एकता जोगाउन अध्यक्ष ओलीको अपिल

हिमाल प्रेस १७ असोज २०८० १२:४५
4
SHARES
धार्मिक आस्थाको सम्मान गरी राष्ट्रिय एकता जोगाउन अध्यक्ष ओलीको अपिल केपी शर्मा ओली।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकआपसमा धार्मिक आस्थाको सम्मान गरी राष्ट्रिय एकता जोगाउन अपिल गरेका छन्।

ओलीले नेपालगन्जलगायत देशका विभिन्न ठाउँमा फैलिएको अशान्तिले सहिष्णुताको राष्ट्रिय धर्म कमजोर बन्न पुगेको भन्दै यस्तो अपिल गरेका हुन्। ओलीले भने, ‘हाम्रो समाजको मुख्य विशेषता विविधता बीचको एकता र आपसी सहिष्णुता हो। एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो।’

अध्यक्ष ओलीले सबै धर्म र आस्था नेपाल भूमिमा सधैँ संरक्षित हुँदै आएको स्पष्ट पारेका छन्। ‘ पछिल्लो समय धार्मिक विवादमा नेपालगन्जलगायत विभिन्न भागमा फैलिएको अशान्तिले सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको छ। एकआपसमा धार्मिक आस्थाको सम्मान गरौँ। हाम्रो राष्ट्रिय एकता जोगाऔंँ’, उनले भने।

प्रकाशित: १७ असोज २०८० १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fourteen =