भूकम्प पीडितको सहायतमा लाग्न तरुण दलको अपील

हिमाल प्रेस १७ असोज २०८० ७:४६
6
SHARES
भूकम्प पीडितको सहायतमा लाग्न तरुण दलको अपील

काठमाडौँ- नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बझाङ जिल्लामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिप्रति चिन्ता जनाएका छन्।

मंगलबार विज्ञप्ति जारी गरेर अध्यक्ष गुरुङले भूकम्पबाट प्रभावितहरूको उद्धार र व्यवस्थापनका लागि आग्रह गरेका छन्।

उनले तरुणहरूलाई बुझाङलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेका सर्वसाधारणको उद्धारमा जुट्न अनुरोध गरेका छन्।

उनले भूकम्पमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभ गरेका छन्। अध्यक्ष गुरुङले मानवीय सहायता र राहतका लागि पनि अपील गरेका छन्।

प्रकाशित: १७ असोज २०८० ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =