८ महिनाभित्र तरुण दलको अधिवेशन गर्ने प्रतिबद्धता

हिमाल प्रेस १६ भदौ २०८० ११:१६
6
SHARES
८ महिनाभित्र तरुण दलको अधिवेशन गर्ने प्रतिबद्धता

काठमाडौँ- नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अबको ८ महिनाभित्र महाधिवेशन गर्ने बताएका छन् ।

शुक्रबार नेपाल तरुण दल सिन्धुपाल्चोक कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले ८ महिनाभित्र महाधिवेशन गर्ने चुनौति र अवसर रहेको बताए।

अध्यक्ष गुरुङले पार्टी सभापति र केन्द्रीय कार्यसमितिको शिर झुक्न नदिएर आफूले काम गर्ने बताएका छन्। उनले महाधिवेशनलाई केन्द्रमा राखेर काम गर्न केन्द्रीय सदस्य, जिल्ला अध्यक्षसहित मातहतलाई निर्देशन दिएका छन्।

प्रकाशित: १६ भदौ २०८० ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =