तरुण दललाई पूर्णता दिन पार्टीका नेतासँग छलफल गर्न गुरुङलाई देउवाको निर्देशन

हिमाल प्रेस २० पुष २०७९ १३:३६
68
SHARES
तरुण दललाई पूर्णता दिन पार्टीका नेतासँग छलफल गर्न गुरुङलाई देउवाको निर्देशन

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको कार्यसमितिलाई पूर्णता दिनेबारे पार्टीका नेताहरूसँग छलफल गर्न सभापति शेरबहादुर देउवाले न‍िर्देशन दिएका छन्। बुधबार बिहान देउवाको अस्थायी निवास धुम्बाराही पुगेका तरुण दल अध्यक्ष विद्वान गुरुङलाई देउवाले यस्तो निर्देशन दिएका हुन्।

‘कार्यसमितिलाई पूर्णता दिनुपर्छ। पार्टीका नेताहरूसँग निरन्तर छलफल गर्नुस् भनेर सभापतिले भन्नुभएको छ,’ गुरुङले भने, ‘अब छिटै तरुण दलले पूर्णता पाउँछ।’ १० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेर देउवाले पाँच भ्रातृ संस्थाको अध्यक्ष तथा सभापतिमात्रै मनोनीत गरेका थिए। अहिले पनि ती भ्रातृसंस्थामा अध्यक्षबाहेक अरू सदस्य थपिएका छैनन्। विधानअनुसार तरुण दलको कार्यसमिति ९५ सदस्यीय हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =