सहिदको सपना पूरा भएको-नभएको छलफलको विषय बनेको छ : विद्वान गुरुङ

हिमाल प्रेस १६ माघ २०८० १०:५१
8
SHARES
सहिदको सपना पूरा भएको-नभएको छलफलको विषय बनेको छ : विद्वान गुरुङ

काठमाडौँ- नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपालमा प्रजातन्त्र स्थापना र लोकतान्त्रिक गणतन्त्रको जग बसाल्न सहिदहरुको बलिदान अनुलनीय रहेको बताएका छन्।

आज सहिद दिवसको दिन एक वक्तव्य जारी गर्दै गुरुङले नयाँ नेपाल निर्माणमा योगदान दिने सहिदहरु धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठसँगै देशका लागि ज्यान दिनेहरुको कदर हुनुपर्ने बताएका हुन्।

‘सहिद दिवस २०८० साल माघ १६ गते अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘नेपालमा प्रजातन्त्रको स्थापना र संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसाल्ने अभियानमा सहिदहरूको बलिदान अतुलनीय छ। नया नेपाल निर्माणको अभियानमा योगदान गर्नु हुने त्यी महान शहिदहरु धर्मभक्त माथेमा ,दशरथ चन्द ,शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठ र अज्ञात शहिदहरुप्रती हार्दिक श्रद्धासुमन प्रकट गर्दछु।’

त्यस्तै उनले २०४६ को जनाअन्दोलन र ०६२÷०६३को आन्दोलनपछि स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढेको र सहिदको सपना पूरा गर्न अझै बाँकी रहेको बताएका छन्। सहिदको सपना पूरा गर्न अहिले राजनीतिक तबरले केके भइरहेका छन् भन्ने छलफलको विषय भएको उनको भनाइ छ।

प्रकाशित: १६ माघ २०८० १०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =