एमाले गण्डकीको बन्दसत्र जारी, प्रतिवेदनमाथि छलफल हुँदै

हिमाल प्रेस १६ असोज २०८० ११:४६
6
SHARES
एमाले गण्डकीको बन्दसत्र जारी, प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौँ- नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन अन्तर्गत बन्दसत्र जारी रहेको छ। आज पोखरा सभागृह हलमा बन्दसत्र जारी रहेको हो।

सोमबार (हिजो) साँझदेखि सुरु भएको बन्दसत्रमा हालका अध्यक्ष नवराज शर्माले प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमाथि छलफल गर्न अधिवेशन प्रतिनिधिलाई ८ भागमा विभाजन गरिएको छ।

प्रतिवेदनमाथि छलफल गरेर आजै पारित गर्ने कार्यसूची रहेको एमाले गण्डकीका प्रचार विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए।

प्रतिवेदन पारित भएपछि आजैदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरिएको बताइएको छ।

यस्तै भोलि मतदान गर्ने एमाले गण्डकीले गरेको छ। अधिवेशनले १ सय ६५ सदस्यको प्रदेश कमिटी चयन गर्नेछ।

एमाले गण्डकीको अध्यक्षका लागि हालका अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुने बताइएको छ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९ सय ८ जना प्रतिनिधि सहभागी भएका थिए।

प्रकाशित: १६ असोज २०८० ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =