एमाले बागमती निर्वाचन : अध्यक्षमा चार जनाको उम्मेदवारी

हिमाल प्रेस १० असोज २०८० १८:३५
10
SHARES
एमाले बागमती निर्वाचन : अध्यक्षमा चार जनाको उम्मेदवारी

काठमाडौँ- एमालेको बागमती प्रदेश कमिटीको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन्। अध्यक्षमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्।

उपाध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनेमा राजेन्द्र राजथाला, ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा र सुभाषचन्द्र ठकुरीले उम्मेदवारी दर्ता गराएका हुन्। सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित, डा.रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

उपसचिवमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: १० असोज २०८० १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 17 =