राष्ट्रपति जनकपुर जाँदै

हिमाल प्रेस ८ असोज २०८० ७:०५
2
SHARE
राष्ट्रपति जनकपुर जाँदै

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम जाँदैछन्।

जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति पौडेल जनकपुरधाम जान लागेका हुन्।

यसका साथै राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ।

पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरिएको छ ।

राष्ट्रपति पौडेल सोमबार जनकपुरधाम आउने कार्यक्रम तय भएपछि उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रमको तयारी थालेको छ । सोमबार दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा सो कार्यक्रम आयोजना हुनेछ ।

सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, मधेश प्रदेश सभामा सभामुख रामचन्द्र मण्डल, राष्ट्रपति कार्यालयका सचिव तथा पदाधिकारी, जिल्ला समन्वय समिति धनुषाका पदाधिकारी पालिका प्रमुखहरूको उपस्थिति रहने जनाइएको छ ।

प्रकाशित: ८ असोज २०८० ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =