प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ सकियो, फैसला मंसिरमा आउने

हिमाल प्रेस ७ असोज २०८० १८:१४ | Sunday, September 24, 2023
प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ सकियो, फैसला मंसिरमा आउने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रचण्डविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ गरेको हो। सुनुवाइ सकिए पनि फैसला भने १८ मंसिरमा सुनाइने छ।

द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका थिए।

शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरमा फैसला तथा सदर गरेको भन्दै प्रचण्डले अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।

सो मुद्दामा बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्माका अनुसार मुद्दाको फैसला १८ मंसिरमा आउनेछ। जसका लागि निसु तोकिएको छ।

प्रकाशित: ७ असोज २०८० १८:१४ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast