गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट

हिमाल प्रेस ६ असोज २०८० ८:०६
8
SHARES
गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट

मुगु- मुगुको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ। गमगढी बजारस्थित कालिकामालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा ६ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको उनले बताए।

उनका अनुसार गएराति काठले बनेको एक घरबाट आगो सल्किएको थियो। आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पिआर मल्ल, प्रदीप रावल र पुतली शाहीको घर जलेर नष्ट भएका थापाले जानकारी दिए।

आगो नियन्त्रणका लागि गमगढी बजारमा वितरण गरेको खानेपानी पाइप लाइनबाट पानी ल्याएसर सुरक्षाकर्मीले आगो नियन्त्रण गरेका थिए। २०७८ कात्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा पनि आगलागी हुँदा १९ घर जलेर नष्ट भएका थिए। रासस

प्रकाशित: ६ असोज २०८० ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =