नाटक ‘म्यारीज प्रपोजल’ पुनः मञ्चन हुने

हिमाल प्रेस २६ वैशाख २०८१ ११:१४
100
SHARES
नाटक ‘म्यारीज प्रपोजल’ पुनः मञ्चन हुने

काठमाडौँ- नाटक ‘म्यारीज प्रपोजल’ पुनः मञ्चन हुने भएको छ। निर्माण टिमले थापागाउँस्थित कुञ्ज नाटकघरमा नाटक जेठ १० गतेदेखि जेठ २७ गतेसम्म पुनः मञ्चन गर्न लागेको हो।

आन्तोन चेखभको लेखन र  चे शंकरले छायानुवाद गरेकाे नाटकका निर्देशक संगीत सापकोटा र आशीष घिमिरे हुन्।

निर्देशकका अनुसार नाटकले विसंगतिवादी विषयवस्तुलाई समावेश गर्दै मनोरञ्जन दिने प्रयास गरेको छ। सन् १८९० को विषयवस्तुलाई समावेश गर्दै अहिलेको परिस्थिति सापेक्ष रूपमा नाटक तयार पारिएको छ।

नाटक कलासी प्रोडक्सनको प्रस्तुति एवं कर्मन कलासँगको सहकार्यमा तयार पारिएकाे हाे।करिब ४० मिनेटको नाटकको विषयवस्तुलाई परिस्कृत गर्दै यसपटक नाटकको समयावधि १ घण्टा दश मिनेट तय गरिएको छ।

नाटकमा ४ जना पात्र छन्। विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धिताल। नाटकलाई सन् २०१८ मा ३ जना पात्रहरू मार्फत मञ्चन गरिएको थियो। नाटकले विभिन्न सामाजिक मनोभावनालाई आत्मसात् गर्दै आगामी पुस्ताका नेतृत्वदायी भूमिका चित्रण गर्नेछ भन्ने निर्माण टिमको विश्वास छ।

सन् २०१८ मा मण्डला थिएटरमा प्रस्तुत गरिएको नाटकको विषयवस्तुलाई भारतको अलावादमा भएको कुम्भ फेस्टिबलमा सन् २०१९ मा मञ्चन गरिएको थियो भने, पुनः बंगलादेशको राजशाहिमा बोङंबोन्धु थिएटर फेस्टिबलमा प्रस्तुत गरिएको थियो।

सन् १०१८ मा कलाशी प्रोडक्सनले आफ्नो पहिलो प्रोजेक्टका रूपमा मञ्चन गरेको थियो। नाटक मञ्चनबाट प्राप्त रकम धादिङको गजुरीमा अवस्थित श्री चेपाङ निम्न माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग स्वरूप प्रदान  गरेकाे थियो।

कलाशी प्रोडक्सनले हालसम्म ‘२४ मा १२’, ‘अधेरी नगरी चौपट राजा’, ‘ज्ञानको चिहान’ र ‘समय पीडा’ नाटक मञ्चन गरिसकेको छ।

प्रकाशित: २६ वैशाख २०८१ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =