राष्ट्रपति गृह जिल्ला जाँदै

हिमाल प्रेस ५ असोज २०८० ८:५९
4
SHARES
राष्ट्रपति गृह जिल्ला जाँदै राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ- राष्ट्रपति बनेपछि रामचन्द्र पौडेल पहिलो पटक गृह जिल्ला तनहुँ जाँदैछन्।

राष्ट्रपति पौडेल शनिबार बिहान गृह जिल्ला तनहुँ जाने भएका हुन् ।

राष्ट्रपति पौडेलले दमौलीको बीपी वन वाटिकामा निर्माण गरिएको जिल्ला सभा हल र नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

त्यसअघि राष्ट्रपति पौडेलले बिहान भँगेरथानमा पूजाआजा गर्नेछन् ।

प्रकाशित: ५ असोज २०८० ८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =