एमालेले पार्टीसँग सम्बन्धी अनधिकृत आइडी हटाउने

हिमाल प्रेस ५ असोज २०८० ६:४०
2
SHARE
एमालेले पार्टीसँग सम्बन्धी अनधिकृत आइडी हटाउने

काठमाडौँ- नेकपा एमालेले पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली (फेक) आइडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नेलाई कारबाही गर्ने भएको छ।

एमालेले आम नागरिक र पार्टीपंङ्तिप्रति अफवाह फैलाइएको पाइएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गरी सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेकाले यसले पार्टीपङ्क्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको जनाएका छन् ।

‘सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ’, उनले भनेका छन् ।

प्रकाशित: ५ असोज २०८० ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =