टीभीएसको एक्सचेन्ज मेला

हिमाल प्रेस २ असोज २०८० १३:०२
टीभीएसको एक्सचेन्ज मेला

काठमाडौँ- नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्सचेन्ज मेलाको आयोजना गरेको छ।

असोज १ गतेदेखि भृकुटीमण्डपमा आयोजित मेला ६ गतेसम्म चल्नेछ। यसमार्फत ग्राहकले कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर टीभीएससँग साटफेर गर्दा छुट र उपहार प्राप्त गर्न सक्नेछन्।

पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्यांकनभन्दा १० हजार बढी मूल्य पाउने कम्पनीको दाबी छ। मेलामार्फत नै कम्पनीले दसैँ तथा तिहारका अवसरमा सार्वजनिक ‘हर मोडमा उमंग’ योजनाअन्तर्गत नकिन्दै १ लाख र किन्दा ५ लाखसम्मको नगद छुट पनि पाउन सक्ने व्यवस्था रहेको छ।

त्यसका साथै हरेक महिना लक्की ड्रमार्फत शत प्रतिशत ‘क्यास ब्याक’ पनि जित्न सक्नेछन् र एक विजेतालाई बम्पर उपहार १० लाखको नगद पुरस्कार उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यो योजनामा फाइनान्स अफर पनि समावेश छ। जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दीमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने छ। यसबाहेक ग्राहकले हेलमेट, बाइक कभर र झोला निःशुल्क प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: २ असोज २०८० १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =