टीभीएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा

हिमाल प्रेस १५ फागुन २०७९ १२:४२
10
SHARES
टीभीएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा

काठमाडौँ- अपाचे ओनर्स् ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय ‘मार्क्यु राइड’को सुरुवात भएको छ।

काठमाडौँबाट भारतको विभिन्न सहरमा हुने यात्रामा नेपाल, भारत र बंगलादेशका राइडरहरू सहभागी हुनेछन्। २१ दिने लामो मार्क्यु राइडमा पहिलो दिन काठमाडौँबाट रक्सौल हुँदै भारत प्रवेश गर्ने यात्रा करिब ६ हजार ५०० किलोमिटर लामो हुनेछ।

काठमाडौँबाट रक्सौल हुँदै यात्रा गया, राउरकेला, गोंदिया, अमरावती, गोवा, बंगलौर, तिरुपति, विशाखपटन, ब्रह्मपुर, कोलकाता, भागलपुरबाट फेरि रक्सौल हुँदै काठमाडौँ आउनेछ।

यात्राको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ। जहाँ विभिन्न बाइकिङ गतिविधिका साथै गिगहरूमा र टीभीएसका उत्कृष्ट बाइक, बाइकिङ पोसाक र प्रविधिको प्रदर्शनी गरिनेछ।

प्रकाशित: १५ फागुन २०७९ १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =