टीभीएसको ‘लभ एक्सप्रेस’ योजनामा ६ हजार नगद छुट

हिमाल प्रेस २४ माघ २०७९ १९:०१
6
SHARES
टीभीएसको ‘लभ एक्सप्रेस’ योजनामा ६ हजार नगद छुट

काठमाडौँ– जगदम्बा मोटर्सले ‘भ्यालेन्टाइन डे’को अवसरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना ल्याएको छ। जगदम्बा मोटर्स नेपालका लागि टीभीएस स्कुटर तथा मोटरसाइकलको आधिकारिक विक्रेता हो। योजनाअन्तर्गत कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा ६ हजारसम्म नगद छुट पाइनेछन्।

त्यसका साथै ग्राहकले २५ प्रतिशत न्यूनतम भुक्तानीमा स्कुटर खरिद गर्न सक्नेछन्। जसको ब्याजदर ११.९९ प्रतिशत रहेको कम्पनीले जनाएको छ। योजना माघ २४ गतेदेखि फागुन १६ गतेसम्म लागू हुनेछ।

जगदम्बा मोटर्सले एनटर्क, जुपिटर क्लासिक, बेगो एफआईलगायत स्कुटर बिक्री गर्दै आइरहेको छ।

प्रकाशित: २४ माघ २०७९ १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =