चीनबाट फर्किए लगत्तै एमाले महासचिवले किन भेटे पूर्वराष्ट्रपति?

हिमाल प्रेस २ असोज २०८० ८:२९
8
SHARES
चीनबाट फर्किए लगत्तै एमाले महासचिवले किन भेटे पूर्वराष्ट्रपति?

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। चीन भ्रमणबाट नेपाल फर्किएपछि महासचिव पोखरेलले भण्डारीसँग भेट गरेका हुन्।

सोमबार साँझ पूर्वराष्ट्रपति भण्डारीसँगको भेटको तस्बिर सेयर गर्दै महासचिव पोखरेलले भनेका छन्, ‘चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिज्यूसँगको भेटघाट।’

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल चीन भ्रमणमा गएका थिए। एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि महासचिव पोखरेल भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए।

पछिल्लो समय भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा छ। उनलाई उपमहासचिव बिष्णु पौडेललगायत नेताहरुले पार्टीको नेतृत्वमा फर्काउन पहल गरिरहेका छन्।

भण्डारी सक्रिय राजनीतिमा नभएपछि आन्तरिक रूपमा उनले पार्टीमा टिम बनाइराखेकी छन्। जसकारण एमाले अध्यक्ष केपी ओली भण्डारी सक्रिय राजनीतिमा नआए हुन्थ्यो भन्ने चाहन्छन्।

तर, आगामी निर्वाचनअघि नै केही नेताहरुले ओलीको विकल्प भण्डारीको रुपमा नेतृत्वमा अगाडि ल्याउने गृहकार्य थालेका छन। ओली नेतृत्वमा निर्वाचनमा गए पार्टीले सोचेअनुरुप लक्ष्य हासिल गर्न नसक्ने नेताहरुको निष्कर्ष छ ।

त्यसो त पछिल्लो समय चीनले पनि नेपालमा कम्युनिष्ट एकताको पहल गरिरहेको छ। भण्डारी एमाले नेतृत्वमा फर्किए माओवादी, नेकपा एकीकृत समाजवादीसँग पनि सहकार्य गर्न सकिने एमाले नेताहरुको बुझाइ छ।

प्रकाशित: २ असोज २०८० ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =