काठमाडौँ–दमाम सिधा उडान सुरु

हिमाल प्रेस २१ भदौ २०८० १७:१२
18
SHARES
काठमाडौँ–दमाम सिधा उडान सुरु

काठमाडौँ– नेपाल एयरलाइन्सले काठमाडौँबाट साउदी अरेबियाको दमाम सहरमा सिधा उडान सुरु गरेको छ। भदौ २० गते काठमाडौँबाट नेपाल एयरलाइन्सको जहाजले १२६ यात्रु लिएर त्यसतर्फ उडेको थियो। फर्किँदा ११७ यात्रु आएको एयरलाइन्सले जानकारी गराएको छ।

अबदेखि काठमाडौँबाट राति १०ः४० मा हरेक बुधबार र शनिबार उडान हुनेछ। यात्रुको संख्यासँगै उडान तालिका थप हुने एयरलाइन्सको भनाइ छ।

प्रकाशित: २१ भदौ २०८० १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =