मर्मतपछि मलेसिया पुगेको नेपाल एयरलाइन्सको विमानमा पुनः समस्या, १५२ यात्रु अलपत्र

हिमाल प्रेस २ साउन २०८० १२:१०
8
SHARES
मर्मतपछि मलेसिया पुगेको नेपाल एयरलाइन्सको विमानमा पुनः समस्या, १५२ यात्रु अलपत्र तस्बिर : नेपाल एयरलाइन्स

काठमाडौँ- मर्मतपछि काठमाडौँबाट मलेसिया पुगेको नेपाल एयरलाइन्सको विमानमा पुनः समस्या देखिएको छ।

प्राविधिक समस्या आएपछि हप्तादिन ग्राउन्डेड भएको ‘सगरमाथा’ नाम दिइएको उक्त विमान मर्मतपछि सोमबार राति १० बजे मलेसिया उडेको थियो। विमानको आज बिहान ९ः३५ मा मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ अवतरण गर्ने तालिका थियो।

मलेसियाबाट उडान हुनुअघि विमानमा अक्सिजनको प्रेसर कम देखिएको निगमका एक अधिकारीले जानकारी गराएका छन्। अक्सिजन समस्याका कारण विमान उड्न नसकेपछि भैरहवा र काठमाडौँका लागि टिकट काटेका १५२ यात्रु अलपत्र परेका छन्।

निगमका प्रवक्ता रमेश पौडेलले अक्सिजनको व्यवस्था भइसकेकाले विमानले चाँडै उडान गर्ने बताए।

प्रकाशित: २ साउन २०८० १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 6 =