यात्रु छुटेकोमा माफी माग्दै एनएसीले भन्यो– खबर गरेका थियौँ

हिमाल प्रेस १४ मंसिर २०८० १६:४२
14
SHARES
यात्रु छुटेकोमा माफी माग्दै एनएसीले भन्यो– खबर गरेका थियौँ

काठमाडौँ– बुधबार नेपाल एयरलाइन्स (एनएसी)को काठमाडौँ–दुबई उडानमा ३१ यात्रु छुटेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल जाने भएपछि राति ११ः३० को उडान तालिका परिवर्तन गरेर एयरलाइन्सले ९ः३० मा उडाएको थियो। निर्धारित समयभन्दा अघि उडाएपछि ३१ यात्रु छुटे।

समय परिवर्तन गरेको बारे आफूहरूलाई जानकारी नदिइएको छुटेका यात्रुले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। तर नेपाल एयरलाइन्सले इमेल, फोन र ट्राभल एजेन्सीमार्फत जानकारी दिइएको दाबी गरेको छ।

‘२७४ यात्रुमध्ये केही यात्रुहरू छुटेको पाइएकाले यात्रु महानुभावसँग क्षमायाचना गर्दै आज (बिहीबार) का केही उडानमार्फत गन्तव्यमा पुग्ने व्यवस्था मिलाइएको छ,’ एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यस्ता घटना दोहोरिन नदिन र भएको घटनाबारे छानबिन गर्न निगम अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभागलाई निर्देशन दिएकोसमेत एयरलाइन्सले जनाएको छ।

प्रकाशित: १४ मंसिर २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 14 =