१० वटै संसदीय समितिको सभापति निर्विरोध

हिमाल प्रेस ११ भदौ २०८० १६:५३
60
SHARES
१० वटै संसदीय समितिको सभापति निर्विरोध फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतका १० वटै विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन्। उद्योग तथा वाणिज्य समितिको सभापतिमा उम्मेदवार तथा रास्वपाका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै सबै समितिका सभापति निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचित १० वटै सभापतिहरूले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ खाएका छन्।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी निर्वाचित भएका छन्।

त्यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान निर्वाचित भएको संसद् सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: ११ भदौ २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =