क्यान महासंघले दिने ४९ छात्रवृत्तिका लागि आवेदन खुला

हिमाल प्रेस १० भदौ २०८० १२:०५
24
SHARES
क्यान महासंघले दिने ४९ छात्रवृत्तिका लागि आवेदन खुला

काठमाडौँ- कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान)ले प्राविधिक शिक्षातर्फ दिँदै आएको छात्रवृत्तिको लागि आवेदन खुलाएको छ। चार वर्षदेखि क्यानले प्रदान गर्दै आइरहेको ‘नेसनल आईसीटी स्कलरसिप- २०८०’ का लागि ४९ सिटमा आवेदन खुला गरेको हो।

क्यान महासंघले यो छात्रवृत्ति काठमाडौँको मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा सुरु गरेको हो। क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजबीच भएको सम्झौताअनुसार विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन्।

यो वर्ष ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवत्ति प्रदान गर्न लागिएको छ। प्रत्येक प्रदेशबाट एकजना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति दिइने क्यान महासंघले जानकारी दिएको छ। चार वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रमअन्तर्गत हाल ११० जना विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: १० भदौ २०८० १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + three =