काठमाडौँमा छात्रवृत्ति परीक्षाका लागि तोकियो केन्द्र

हिमाल प्रेस १८ साउन २०८० १२:२६
42
SHARES
काठमाडौँमा छात्रवृत्ति परीक्षाका लागि तोकियो केन्द्र काठमाडौँ महानगर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीको परीक्षा लिन १५ वटा परीक्षा केन्द्र तोकेको छ। महानगरले छात्रवृत्तिका लागि ४ हजार ३ सय कोटा तोकेको छ। आवेदन दिनेमा ६ हजार १७ जना छन्।

परीक्षाका लागि भानु मावि रानीपोखरी, विश्व निकेतन मावि त्रिपुरेश्वर, ज्ञानोदय मावि बाफल, जनप्रभात मावि कालीमाटी, जनकल्याण मावि बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी केन्द्र तोकिएको छ। यस्तै कुलेश्वर मावि कुलेश्वर, पद्मकन्या विद्याश्रम मावि डिल्लीबजार, पद्मोदय मावि रामशाहपथ, पशुपति मित्र मावि चाबहिल, रत्नराज्य मावि बानेश्वर, सहिद शुक्र मावि बागबजार, संस्कृत मावि रानीपोखरी, शान्ति शिक्षा मन्दिर मावि ठँहिटी, सिद्धेश्वर मावि शान्तिनगर अन्य परीक्षा केन्द्र हुन्।

सबैभन्दा धेरै विज्ञानका लागि ४ हजार १ सय ५५ जनाले आवेदन दिएका छन्। व्यवस्थापनतर्फ १ हजार ४ सय ८४ जना र प्राविधिक विषयका लागि २ सय ४५ जना छन्।  मानविकीमा १८, शिक्षामा २६ र कानुनमा ८९ जना विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिएका छन्। यी तीनै विषयको परीक्षा केन्द्र कुलेश्वर मावि, कुलेश्वरमा राखिएको छ।

परीक्षा साउन २० गते शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुनेछ।  विद्यार्थीहरूले प्रवेशपत्र अनलाइनबाट लिन सक्नेछन्।

प्रकाशित: १८ साउन २०८० १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =