त्रिशूलीमा बस दुर्घटना, १८ जनाको उद्धार

हिमाल प्रेस ६ भदौ २०८० १२:२२
6
SHARES
त्रिशूलीमा बस दुर्घटना, १८ जनाको उद्धार त्रिशूलीमा दुर्घटनाग्रस्त बसको उद्धार गरिँदै। तस्बिर : त्रिशूली फेसबुक पेज

काठमाडौँ- काठमाडौँबाट पोखरा जाने क्रममा त्रिशूली नदी बस दुर्घटना भएको छ। बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०:४० बजे त्रिशूली नदीमा खसेको हो।

धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो। बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी वल नेपाल विपद् व्यवस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमाण्डमा १६ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डीएसपीको कमाण्डमा ८ जनाले उद्धार टोली खटिरहेको छ।

प्रकाशित: ६ भदौ २०८० १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 15 =