एमाले नीति : अन्तर्घातीप्रति लचक, सामाजिक सञ्जाल दुरुपयोगमा कडाइ

हिमाल प्रेस २ भदौ २०८० ७:३२
2
SHARE
एमाले नीति : अन्तर्घातीप्रति लचक, सामाजिक सञ्जाल दुरुपयोगमा कडाइ एमाले सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले चुनावमा अन्य उम्मेदवारलाई सघाएर पार्टीमा अन्तरघाती गर्ने नेताकार्यकर्ताप्रति चलक देखिएको छ। पार्टी सचिवालय बैठकपछि एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा चुनावको बेला बागी/विद्रोही भई कारबाहीमा परेका नेताकार्यकर्तालाई पार्टीमा ढोका खुला राखेको हो। तर यसका लागि त्यस्ता नेताहरूको सदस्यता आत्मालोचना गरेपछि मात्रै नवीकरण गरिने निर्देशनमा उल्लेख छ।

एमाले नामका फेक एकाउन्ट बन्द गर्ने

एमालेले सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरुबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको ठहर गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार  अपानि ८ जारी गर्दै यसले पार्टी पंक्ति तथा समाजमा भ्रम सिर्जना गरिरहेको उल्लेख गरेका छन्। सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिएको छ।

चारजनालाई बिदा

एमालेले चार जना नेतालाई कामबाट बिदा दिने निर्णय गरेको छ। एमालेले अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) लाई हालका लागि कामबाट पार्टी जिम्मेवारीबाट बिदा दिने निर्णय गरेको हो। उनीहरूले स्वास्थ्यलगायतका कारण देखाउँदै आग्रह गरेपछि पार्टीको कामबाट बिदा दिइएको एमालेको भनाइ छ ।

अन्तरपार्टी निर्देशनमा लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही नेताहरूका हकमा अवस्था र कारण बुझेर अर्को बैठकबाट आवश्यक निर्णय लिने उल्लेख छ। यस्तै केशव स्थापित र प्रमोदनारायण यादवलाई केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेअनुसार केन्द्रीय कमिटी सदस्यबाट पदमुक्त गरिएको छ ।

पार्टी ब्यानरमा ओलीको मात्र फोटो!

पार्टीले सार्वजनिक कार्यक्रममा पार्टी र जनसंगठनका विभिन्न तहका नेताकार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएकाले त्यसलाई रोक्ने निर्णय गरेको छ।

पार्टीले कार्यक्रमको गरिमा र मर्यादा बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेता–संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको अपानिमा जनाइएको छ।

जिम्मेवारी हेरफेर

नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई तोकेको छ।

त्यस्तै काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौँको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज तोकिएको छ। सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरा नियुक्त भएका छन्।

कर्णाली प्रदेश कमिटीको सचिव रहेका कमल शाहीलाई जिम्मेवारीबाट हटाएर खाली हुने ठाउँमा उपसचिव टेकराज पछाईलाई मनोनयन गरिएको छ। दीपकप्रकाश भट्टले अर्थयोजना विभागको सचिवबाट र सोभियत ढकालले विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको सचिवबाट बिदा भएर भूगोलमै काम गर्न चाहेकाले अहिलेको कार्यविभाजनबाट बिदा दिएको एमालेले बताएको छ।

एमालेले भदौ र असोज प्रदेश अधिवेशनका लागि छुट्याएको छ। यसका लागि मिति पनि तोकिएको छ। जसअनुसार निम्न मितिमा प्रदेश अधिवेशन आयोजना गर्ने निर्णय भएको एमालेले जनाएको छ।

भदौ १६ र १७ गते : लुम्बिनी प्रदेश
असोज ५ र ६ गते : मधेश प्रदेश
असोज ८ र ९ गते : बागमती प्रदेश
असोज १० र ११ गते : कर्णाली प्रदेश
असोज १२ र १३ गते : कोशी प्रदेश
असोज १५ र १६ गते : गण्डकी प्रदेश
असोज १९ र २० गते : उपत्यका विशेष प्रदेश
असोज २१ र २२ गते : सुदूरपश्चिम प्रदेश

यसैगरी एमालेले विभिन्न विभागमा  सदस्यहरुको मनोनयन गरेको छ। संसदीय विभाग, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग, विपद व्यवस्थापन तथा स्वयंसेवा  विभाग, कृषि तथा पशुपन्छी विभाग, खानेपानी विभाग, अर्थयोजना विभाग, पार्टी स्कुल विभाग, संगठन विभाग, भौतिक पूर्वाधार तथा निर्माण विभाग साहित्य र कला तथा संस्कृति विभागमा सदस्य नियुक्त गरिएको हो।

संसदीय विभाग

पृथ्वीसुव्बा गुरुङ – प्रमुख
देवेन्द्र दाहाल – सदस्य
भैरवसुन्दर श्रेष्ठ – सदस्य
लीलानाथ श्रेष्ठ – सदस्य
ज्वाला साहा – सदस्य
ठाकुर गैरे – सदस्य
पदम गिरी – सदस्य
चन्द्रबहादुर विश्वकर्मा – सदस्य
बलराम अधिकारी – सदस्य
विद्या भट्टराई – सदस्य
भगवती चौधरी – सदस्य
सुनिता बराल – सदस्य
महेशकुमार बर्तौला – सदस्य
अम्वर रायमाझी – सदस्य
किरणकुमार साह – सदस्य
तारा लामा तामाङ – सदस्य

केन्द्रीय प्रचार तथा प्रकाशन विभाग

डा. महेन्द्र बिष्ट – सदस्य
सूर्यमणि गौतम – सदस्य
रामशरण बजगाईं – सदस्य
गणेश पाण्डे – सदस्य
राजेश राई – सदस्य
लीलाराज भट्टराई – सदस्य
रामकृष्ण ज्ञवाली – सदस्य
शेरबहादुर केसी – सदस्य
दीपक ज्ञवाली – सदस्य
लालबाबुशेख – सदस्य
हेमन्त पौडेल – सदस्य

विपद व्यवस्थापन तथा स्वयंसेवा विभाग
खेमराज पौडेल – सदस्य
हर्षमान महर्जन – सदस्य
हुमनाथ भुसाल – सदस्य
खेमराज ज्ञवाली – सदस्य
सुरज गौतम – सदस्य
ऋषि रेग्मी – सदस्य

कृषि तथा पशुपन्छी विभाग

पर्वत शर्मा भट्टराई – सदस्य
गोकर्ण अर्याल – सदस्य

खानेपानी विभाग

भक्तबहादुर थपा – सदस्य
सुनिता कार्की – सदस्य
डीआर वशिष्ठ – सचिव

अर्थयोजना विभाग

डिल्लीराज अर्याल – सदस्य
गिरीधारी पौडेल – सदस्य
क्रान्ति बुर्लाकोटी – सचिव

पार्टी स्कुल विभाग

विद्या भट्टराई – केकस सदस्य
डा सुस्मिता ढकाल – सदस्य
शंकर महतो – सदस्य

संगठन विभाग

आनन्द पोखरेल – सदस्य (बागमती प्रदेश)
माधव ढुंगेल – सचिव

भौतिक पूर्वाधार तथा निर्माण विभाग

रविशंकर सिं कुशवाह – सदस्य

साहित्य, कला तथा संस्कृति विभाग

मेघराज नेपाल (मञ्जुल)-  सदस्य
श्याम तमोट – सदस्य
विष्णु प्रभात – सदस्य
ज्योतिकर शर्मा – सदस्य
अर्जुन पाण्डे – सदस्य
डीआर नेपाल – सदस्य
भूमिका सुब्बा – सदस्य
गणेश केसी – सदस्य
प्रतिभा पुन – सदस्य
इन्द्रकुमार श्रेष्ठ – सदस्य

प्रकाशित: २ भदौ २०८० ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =