सानेपामा नेविसंघको दुई पक्षबीच विवाद चर्कियो

हिमाल प्रेस २४ साउन २०८० १५:५१
32
SHARES
सानेपामा नेविसंघको दुई पक्षबीच विवाद चर्कियो

काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)को केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर विवाद चर्किएको छ। ७१० सदस्यीय केन्द्रीय तदर्थ समिति गठन हुँदासमेत नअटाएकाहरू समानान्तर समिति गठन गर्ने अभियानमा लागेपछि विवाद चर्किएको हो।

समानान्तर समिति गठन गर्ने भन्दै बुधबार पार्टी मुख्यालय सानेपामा पुगेकाहरूलाई पार्टी कार्यालयमा प्रवेश गर्न निषेध गरिएको छ। पार्टी कार्यालय प्रवेश गर्न नदिइएपछि असन्तुष्टहरूले नेवि संघको तदर्थ समितिका सभापति डुजाङ शेर्पाविरुद्ध नाराबाजी गरेका छन्।

‘डुजाङ शेर्पा मुर्दावाद’ भन्दै असन्तुष्टहरूले नाराबाजी गरेपछि सानेपामा झडपको स्थिति नै सिर्जना भएको छ। शेर्पाविरुद्ध शेर्पा पक्षका कार्यकर्ताहरू भने असन्तुष्टहरूको प्रतिकारमा उत्रिएका छन्।

कांग्रेस मुख्यालय सानेपामा अहिले बाँक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। भित्र जान नदिएपछि नेवि संघका असन्तुष्ट कार्यकर्ताहरू पार्टी कार्यालय बाहिर नै जम्मा भएका छन्। नेविसंघको विधानमा १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था भए पनि नेताहरूबीच भागबन्डा गरी जम्बो समिति ल्याइएको हो।

प्रकाशित: २४ साउन २०८० १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =