नेविसंघले दियो भूकम्पपीडतलाई ७ लाख ११ हजार

हिमाल प्रेस ११ पुष २०८० १०:०१
4
SHARES
नेविसंघले दियो भूकम्पपीडतलाई ७ लाख ११ हजार

काठमाडौँ- जाजरकोट भूकम्पपीडितलाई नेपाल विद्यार्थी संघ(नेविसंघ)ले ७ लाख ११ हजार रुपैया प्रदान गरेको छ।

आज प्रधानमन्त्री कार्यालय बालुवाटार पुगेर नेविसंघको टोलीले प्रधानमन्त्रीलाई सहयोगको चेक हस्तान्तरण गरेको हो।

नेविसंघले भूकम्पपीडितलाई सहयोग गर्ने यसअघि नै प्रतिबद्धता गरेको थियो।

प्रधानमन्त्रीसँग भेटका क्रममा नेविसंघले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति मेरिटोक्रेसीको आधारमा खुल्ला प्रतिस्पर्धाद्वारा छनोट गर्नुपर्ने माग राखेको छ। उपकुलपति नियुक्ति बारे प्रधानमन्त्रीले समेत प्रतिबद्धता व्यक्त गरेको नेविसंघले जनाएको छ।

प्रकाशित: ११ पुष २०८० १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =