पार्टीका सहमहामन्त्रीमाथि खुकुरी प्रहार भएपछि नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

हिमाल प्रेस २० भदौ २०८० १८:०१
10
SHARES
पार्टीका सहमहामन्त्रीमाथि खुकुरी प्रहार भएपछि नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ– नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ। कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आज दिउँसो काठमाडौँमा खुकुरी प्रहार भएपछि प्रहरी प्रशासनमाथि प्रश्न उठाउँदै नेविसंघले गृहमन्त्रीको राजीनामा मागेको हो। यादवमाथि रिपोर्टस् क्लबबाट बाहिरिँदै गर्दा नुवकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए। उनलाई प्रहरीले पक्राउ गरिसकेको छ।

सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी विज्ञप्तिमा भनिएको छ, ‘देशमा आमनागरिकको जीउ, ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रूपले असफल भएको यस घटनाले पुष्टि गरेको छ। राजधानीको सार्वजनिक स्थलमा पूर्वमन्त्रीजस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृहमन्त्रीको राजीनामासमेत माग गर्दछौँ।’

प्रकाशित: २० भदौ २०८० १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twenty =