नेविसंघमा अध्यक्ष शेर्पाले एकलौटी गरेको भन्दै शेखर-गगन समूह जुट्यो छलफलमा

हिमाल प्रेस १३ फागुन २०८० १८:१३
636
SHARES
नेविसंघमा अध्यक्ष शेर्पाले एकलौटी गरेको भन्दै शेखर-गगन समूह जुट्यो छलफलमा

काठमाडौँ-  नेपाल विद्यार्थी संघ शेखर-गगन समूहले फागुन १५ गतेलाई तय गरेको नेविसंघ केन्द्रीय समिति बैठक अघि छलफल कार्यक्रम राखेको छ।  वाल्मिकी विद्यापीठमा आयोजना भएको छलफल कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य, उपत्यका क्याम्पसका स्ववियु तथा विद्यार्थी नेताहरू सहभागी थिए।

कार्यक्रममा नेपाल विद्यार्थी संघको ७११ सदस्य केन्द्रीय समिति आएपछि पहिलोपटक आव्हान गरिएको केन्द्रीय समिति बैठको एजेन्डाका विषयमा छलफल भएको थियो। यो समूहले नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ समूह र गुट जसरी फरक मतलाई स्थान नदिई चलाएको, क्याम्पस र जिल्लाहरूमा मनोमानी तरिकाले नियुक्ति गरेको आरोप लगाएको छ।

उक्त छलफलमा नेविसंघको बैठक नै बहिष्कार गर्नेबारे पनि छलफल भएको थियो। साथै केही भने बैठकमै गएर आफ्नो समूहको धारणा राख्नुपर्ने बताएका थिए।  छलफलमा उठेका विषयलाई आधार मानेर केन्द्रीय समिति बैठकमा निर्णय हुने केन्द्रीय सदस्य इन्जिनयर सुवास पौडेलले जानकारी दिए।

२०७८ फाल्गुन मा दुजाङ शेर्पा नेविसंघको अध्यक्ष नियुक्ति भएपछि र २०८० साउनमा अन्य ७१० केन्द्रीय सदस्य नियुक्ति गरेका थिए। शेर्पाले फागुन १५ गतेका लागि पहिलो बैठक पनि आह्वान गरेका छन्।

प्रकाशित: १३ फागुन २०८० १८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =