कालोबजारी रोक्न सरकारसँग नेविसंघको माग

हिमाल प्रेस १८ असोज २०८० १३:२७
8
SHARES
कालोबजारी रोक्न सरकारसँग नेविसंघको माग

काठमाडौँ- कांग्रेसको भ्रातृ संस्था नेपाली विद्यार्थी संघ (नेविसंघ) ले खाद्यान्न वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। नेविसंघका सभापति दुजाङ शेर्पाले बिहीबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिले सर्वसाधारणको जनजीवन थप कष्टकर बन्दै गएकोप्रति ध्यानाकर्षण गराएका हुन्।

‘दसैँ, तिहार, छठ लगायतका पर्वहरू नजिकिएको अवस्थामा आम नागरिकले दैनिक रुपमा प्रयोग गर्ने खाद्यान्न लगायत दैनिक उपयोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धि हुँदा विद्यार्थी, निम्न आय भएका श्रमजीवी, दैनिक ज्यालादारी र सर्वसाधारणको जनजीवन थप कष्टकर बन्दै गएको प्रति नेविसंघ केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारको नियमन गर्ने निकायले नियमित अनुगमन गर्न नसक्दा व्यवसायीहरूले मनपरी ढंगबाट मूल्यवृद्धि गर्दै आइरहेको नेविसंघको आरोप छ। चुस्त बजार अनुगमनको प्रणालीको विकास नहुँदा म्याद गुज्रेको सामान बिक्री वितरण भइरहेको शेर्पाले बताए। खाद्यान्नको कृत्रिम अभाव सिर्जना गर्नु र कालोबजारी नियन्त्रणमा राख्न नसक्नु सरकार गैरजिम्मेवार रहेको उनको भनाइ छ।

प्रकाशित: १८ असोज २०८० १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =