सर्लाहीमा सर्पले डसेर एक बालकको ज्यान गयो

हिमाल प्रेस २३ साउन २०८० ८:५८
4
SHARES
सर्लाहीमा सर्पले डसेर एक बालकको ज्यान गयो प्रतीकात्मक तस्बिर।

सर्लाही- सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको ज्यान गएको छ।

मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षका छोरा नुरसैद्द अन्सारीको सर्पको डसाइबाट ज्यान गएको हो।

ईश्वरपुर नगरपालिका–१३ श्रीनगरमा रहेको मामाघरमा बस्दै आएका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको प्रहरीले जनाएको छ।

सर्पले डसेपछि बालकलाई उपचारका लागि लालबन्दी नगरपालिका–१ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो।

उपचार केन्द्रमा भेन्टिलेटर र आईसीयू सञ्चालनमा नरहेको भन्दै उनलाई जनकपुर रेफर गरिएको थियो । बालकको जनकपुरमा उपचारका क्रममा बालकको ज्यान गएको हो ।

प्रकाशित: २३ साउन २०८० ८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =