सर्लाहीमा भारतीय नम्बरको जिप दुर्घटना, १० घाइते

हिमाल प्रेस २३ माघ २०८० ६:५९
6
SHARES
सर्लाहीमा भारतीय नम्बरको जिप दुर्घटना, १० घाइते

काठमाडौँ- सर्लाहीमा भारतीय नम्बर प्लेटको जिप दुर्घटना हुँदा नापी कार्यालय सर्लाहीका प्रमुखसहित १० जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बीआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका हुन्। मलंगवा नवलपुर सडकखण्डअन्तर्गत मलंगवा नगरपालिका–१० गम्हरियामा सोमबार साँझ जिप दुर्घटनामा परेको हो।

मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको जिप गम्हरियामा उखु बोकेको ट्याक्टरसँंग ठोक्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन्।

घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २३ माघ २०८० ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =