सर्लाहीको बरहथवा घटना : गोली चलाउने प्रहरीका वरिष्ठ हवल्दारलाई सेवाबाटै हटाउन सिफारिस

हिमाल प्रेस १ माघ २०८० १५:१२
1.2k
SHARES
सर्लाहीको बरहथवा घटना : गोली चलाउने प्रहरीका वरिष्ठ हवल्दारलाई सेवाबाटै हटाउन सिफारिस सांकेतिक तस्बिर।

काठमाडौँ- सर्लाहीको बरहथवामा भएको घटनामा गोली चलाउने नेपाल प्रहरीका वरिष्ठ हवल्दारलाई प्रहरी सेवाबाटै हटाउन सिफारिस गरिएको छ। स्वास्थ्य संस्थाको स्तरोन्नतीको विषयमा विवाद हुँदा भएको झडपमा प्रहरीको गोली लागेर वरहथवा नगरपालिका-६ का जयशंकर साहको मृत्यु भएको थियो।

उक्त घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति बनेको थियो। उक्त समितिले आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनमा हवल्दारले आफूखुसी गोली चलाएका कारण घटना भएको उल्लेख छ।

त्यस्तै इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डीएसपी गंगा थापालाई पनि त्यहाँबाट फिर्ता बोलाउन उक्त समितिले सिफारिस गरेको छ। साहको मृत्युपछि आक्रोशित स्थानीयको भिड नियन्त्रण गर्न असहज भएपछि स्थानीय प्रशासनले दुई दिनसम्म कर्फ्यु पनि जारी गरेको थियो।

सर्लाहीमा झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

प्रकाशित: १ माघ २०८० १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =